Like us!
Follow us!
Connect us!
Watch us!

थेगिएन नेप्सेको बृद्धि, एकै दिन २३.८२ अंकले घट्यो बजार

मंगलबार, ०७ मंसिर २०७३, १६ : ३३ मा प्रकाशित

थेगिएन नेप्सेको बृद्धि, एकै दिन २३.८२ अंकले घट्यो बजार

अर्थ संसार

काठमाडौँ–सोमबार झिनो अंकले बढेको शेयर बजार मंगलबार पनि उतारचढावका बीच दोहोरो अंकले ओरालो लागेको छ ।नेप्से परिसूचक सोमबार अघिल्लो दिनको तुलनामा ७ अंकले बढे पनि मंगलबार २३.८२ अंकले गिरावट आएको छ । कारोबार भएको आधा घन्टामै बजार ३० अंकले घटेको थियो । त्यसपछिको आधा घण्टामा बढेर १५९९ को बिन्दुमा आएको थियो । 

दिउँसो १२ बजेदेखि शेयर बजारले धिमा गतिमा ओरालो यात्रा तय गरेको थियो । अन्ततः बजार २३.८२ अंकले घटेर बन्द भयो । नेप्सेमा मंगलबार ८२ करोड ८२ लाख ५८ हजार ९ सय ६२ रुपैयाँको कारोबार भएको छ । यस दिन १ सय ३१ कम्पनीको ५ हजार ९ सय १८ वटा कारोबारबाट १२ लाख ६९ हजार ६ सय कित्ता शेयर किनवेच भएको छ ।  

मंगलबार पनि लगानीकर्ताको आकर्षण सबैभन्दा बढी एभरेष्ट बैकमै देखिएको छ । उक्त बैंकको ९ करोड १३ लाख रुपैयाँको कारोबार भयो । त्यसैगरी दोस्रो नम्बरमा रहेकोे नेशनल लाइभ इन्स्योरेन्स कम्पनीको ६ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार गरेको छ । 

त्यसैगरी मंगलबार उच्च कारोबार भएका कम्पनीमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड, बैक अफ काठमाडांै लिमिटेड, सिद्धार्थ, बैक अफ काठमाडौं लुम्बिनी, सिद्धार्थ डेभलपमेण्ट बैक, नेपाल बंगलादेश बैंक, एनएमबि बैक, सिभिल बैक र सानिमा बैक छन् ।

त्यसैगरी मंगलबार भएका कारोबारमध्ये सबैभन्दा बढी मार इन्स्योरेन्स कम्पनीले व्यहोरेका छन् । अघिल्लो दिनको तुलनामा इन्स्योरेन्स कम्पनीको परिसूचक १२४.१५ अंकले तल झरेको छ । त्यस्तै होटल समूहको सूचकाङ्क पनि अघिल्लो दिनको तुलनामा ६६.३५ अंकले घटेको छ । त्यसैगरी मंगलबार बैकिङ समुह २२.३५ अंकले, विकास बैक २४.६३ अंकले, हाइड्रो पावर ३३. अंकले, फाइनान्स १३.७८ अंकले, अन्य समुह ९.८४ अंकले गिरावट आएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको