Like us!
Follow us!
Connect us!
Watch us!

मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको आरोपमा १७ विरुद्ध मुद्दा दायर

अर्थ संसार

आइतबार, ०६ फागुन २०८०, १७ : ४० मा प्रकाशित

मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको आरोपमा  १७ विरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको आरोपमा पूर्वसचिव, आयोजनाको बोर्डसदस्यलगायत १७ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

काम नै नगरी निर्माण व्यवसायीलाई भुक्तानी दिएको, निर्माण व्यवसायीसँग लिनुपर्ने मेसिन लगायत अन्य सामाग्रीको भाडा कट्टा नगरि भुक्तानी दिएको, पछिल्लो बिलबाट समायोजन गर्ने भनी बढी भुक्तानी गरिएको रकम समेत समायोजन नगरेको लगायतका अनियमितता भएको आरोपपत्रमा उल्लेख गरिएको छ । अख्तियारले मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड अध्यक्ष तथा खानेपानी मन्त्रालयका तत्कालीन सचिव डा. सञ्जय शर्मा, अर्थमन्त्रालयका तत्कालीन सह-सचिव तथा बोर्ड सदस्य मुकुन्दप्रसाद पौडेल, मेलम्ची खानेपानी विकास समितिका अर्का तत्कालीन बोर्ड अध्यक्ष तथा खानेपानी मन्त्रालयका तत्कालीन सचिव भिम प्रसाद उपाध्यक्ष र अर्का तत्कालीन बोर्ड अध्यक्ष तथा खानेपानी मन्त्रालयका तत्कालीन सचिव गजेन्द्र कुमार ठाकुरविरुद्ध मुद्दा दायर गरेको हो ।

यसैगरी समितिका तत्कालीन सदस्यद्वय रुद्र सिंह तामाङ र चन्द्र बहादुर थापा, तत्कालीन कार्यकारी निर्देशकद्वय रामचन्द्र देवकोटा र सुर्य राज कँडेल, तत्कालीन उपसचिव मणिभद्र न्यौपाने, तत्कालीन लेखा अधिकृत रामचन्द्र न्यौपाने, तत्कालीन उपसचिव केदार प्रसाद अर्याल माथि पनि मुद्दा दायर गरेको छ । आरोपित अन्यमा समितिका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर भोजविक्रम थापा, परामर्शदाता जोइन्ट भेन्चरका तत्कालीन डिपुटी टिम लिडर शिवकुमार शर्मा, परामर्शदाता एप्टिसा सर्भिस र बेट्स कन्सल्टिङ सर्भिस तथा निर्माण व्यवसायी सिएमसी डि रभिना रहेका छन् ।

आरोपितसँग जनही चार करोडदेखि ८९ करोडसम्म बिगो रकम दाबी गरिएको छ । आयोगले विशेष अदालत काठमाडौंमा आइतबार मुद्दा दर्ता गरेको जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको