Like us!
Follow us!
Connect us!
Watch us!

अब गल्ती गर्ने छुट छैन,भ्रष्टाचार अन्त्य राष्ट्रकै एजेन्डा हो - अर्थमन्त्री खनाल

अर्थ संसार

सोमबार, ३० भदौ २०८२, १४ : २९ मा प्रकाशित

अब गल्ती गर्ने छुट छैन,भ्रष्टाचार अन्त्य राष्ट्रकै एजेन्डा हो - अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गरेका छन् । सिंहदरबारमा आयोजित कार्यक्रममा उनले तत्कालीन प्राथमिकता र कार्यदिशा स्पष्ट गर्दै खनालले पदभार सम्हालेका हुन्।

पदभार ग्रहणपछि अर्थमन्त्री खनालले  भ्रष्टाचारको अन्त्य अपरिहार्य रहेको उल्लेख गर्दै उनले भनेका छन्, 'भ्रष्टाचार पूरै अन्त्य हुनुपर्छ भन्ने युवाको चाहना हो। अब गल्ती गर्नेहरू जोगिँदैनन् – जानेरै होस् वा नजानेरै, गल्तीको कुनै छुट छैन। हामी सच्चिनै पर्छ। यो मेरो व्यक्तिगत एजेन्डा होइन, राष्ट्रकै चाहना हो।'

उनले सिंहदरबारसहित सार्वजनिक सम्पत्तिको पुनर्निर्माणमा जोड दिँदै बीमा नभएकाले राज्यलाई ठूलो आर्थिक भार पर्ने अवस्थालाई ध्यान दिनुपर्ने बताए। पदभार ग्रहण कार्यक्रममा अर्थसचिव घनश्याम उपाध्याय, नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्व पौडेलसहित मन्त्रालयका वरिष्ठ कर्मचारीहरूको उपस्थिति रहेको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको