Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेको वर्ग 'ए' मा परेका विकास बैंक: कुन सूचकमा कुन उत्कृष्ट ?

अर्थ संसार

सोमबार, ०७ फागुन २०८०, ०९ : १२ मा प्रकाशित

नेप्सेको वर्ग 'ए' मा परेका विकास बैंक: कुन सूचकमा कुन उत्कृष्ट ?

नेपाल स्टक एक्सचेञ्जले प्रकाशन गरेको पछिल्लो वर्गीकरणमा वर्ग 'ए' मा सात विकास बैंक परेका छन् । यी सात विकास बैंकमा साइन रेसुङ्गा, मुक्तिनाथ, सांग्रीला,  गरिमा, महालक्ष्मी, मितेरी र लुम्बिनी विकास बैंक रहेका छन् ।

तीमध्ये दोस्रो त्रैमासिक रिपोर्ट अनुसार विभिन्न सूचकमा कुन अब्बल देखिएका छन ? हेर्नुहोस् तुलनात्मक विश्लेषण :

इपिएस 

प्रति सेयर आम्दानीका हिसाबले हेर्दा गरिमा विकास बैंक अग्र स्थानमा रहेको छ । उक्त बैंकको इपिएस १८.०६ रुपैयाँ रहेको छ । यसगरी दोस्रो स्थानमा साइन रेसुङ्गा, तेस्रोमा महालक्ष्मी विकास, चौथोमा लुम्बिनी, पाँचौमा मुक्ति नाथ, छैटौंमा मितेरी र सातौंमा सांग्रीला विकास बैंक रहेका छन् । ती विकास बैंकहरुको इपिएस क्रमश: १५.६८, १३.३३, १२.०७, ११.९२, ८.७९ र ५.८४ रुपैयाँ रहेको छ ।

प्रति सेयर नेटवर्थ

नेटवर्थ भनेको कुनै पनि कम्पनीको कुल सम्पत्तिबाट कुल दायित्व घटाएर बाकिँ रहेको सम्पत्तिलाई प्रति सेयर बाँडफाँड गर्दा हुन आउने रकम हो । नेटवर्थका हिसाबले हेर्दा लुम्बिनी विकास बैंक नै अग्र स्थानमा रहेको छ । उक्त बैंकको नेटवर्थ १७७.८४ रुपैयाँ रहेको छ ।

यसगरी दोस्रो स्थानमा महालक्ष्मी विकास बैंक, तेस्रोमा गरिमा विकास, चौथोमा साइन रेसुङ्गा, पाँचौमा मुक्तिनाथ, छैटौंमा मितेरी र सातौंमा सांग्रीला विकास बैंक रहेका छन् । ती विकास बैंकहरुको नेटवर्थ क्रमश: १५४.०४, १४५.४७, १३८.६८, १३८.६८, १३४.२९ र १३२.३९ रुपैयाँ रहेको छ ।

पिई रेसियो

प्रति सेयर आम्दानीसँगै भ्यालु इन्भेस्टरले सबैभन्दा धेरै ध्यान दिने पिई रेसियो भनेको कुनै पनि सेयरको मूल्य र त्यसले दिनसक्ने आम्दानीको अनुपात हो । जति कम मूल्य आम्दानी अनुपात रहन्छ उति नै लगानीकर्ताले थोरै खर्चमा धेरै आम्दानी गर्नसक्छन् ।

पिई रेसियोका हिसाबले हेर्दा पनि गरिमा विकास बैंकको सेयर सबैभन्दा डिस्काउन्टेड मूल्यमा बिक्री भईरहेको छ । उक्त बैंकको मूल्य आम्दानी अनुपात २१.३७ गुणा रहेको छ । यसगरी दोस्रो स्थानमा साइन रेसुङ्गा, तेस्रोमा महालक्ष्मी, चौथोमा मुक्तिनाथ, पाँचौमा लुम्बिनी विकास, छैटौंमा मितेरी र सातौंमा सांग्रीला विकास बैंक रहेका छन् । ती विकास बैंकहरुको मूल्य आम्दानी अनुपात क्रमश: २५.३८, २५.५८, ३२.२६, ३३.४, ४७.१९ र ५४.७७ रुपैयाँ रहेको छ ।

एनपिएल

राष्ट्र बैंकको कडा नियमनका कारण विकास बैंकहरुको आम्दानीको ठूला हिस्सा नन पर्फमिङ एसेटको प्रोभिजनिङमा खर्च भएको छ । यस कारण एनपिएल बढेका विकास बैंकहरुको समग्र रिपोर्ट निकै कमजोर देखिएको छ ।

सूचीमा भएका मध्ये सबैभन्दा उच्च एनपिएल भएको विकास बैंकमा सांग्रीला विकास बैंक रहेको छ । उक्त बैंकको कुल कर्जा लगानीको ४.८९ प्रतिशत एनपिएल रहेको छ । यसैगरी उच्च एनपिएल हुने बैंकहरुमा दोस्रोमा महालक्ष्मी, तेस्रोमा लुम्बिनी विकास चौथोमा गरिमा, पाँचौमा मितेरी विकास र छैटौंमा साइन विकास बैंक रहेका छन् ।

ती बैंकहरुको एनपिएल क्रमश: ४.२१, ३.५५, २.९५, २.७४ र २.६२ रहेको छ । सबैभन्दा कम एनपिएल रहेको विकास बैंकमा मुक्तिनाथ विकास बैंक रहेको छ । उक्त बैंकले एनपिएल २.५१ प्रतिशतमा सीमित राखेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको