Like us!
Follow us!
Connect us!
Watch us!

वित्तीय क्षेत्रलाई खलबलाउन प्रयास भयो,आपत्तीजनक अभिव्यक्ति दिनेलाई कारबाही गरियोस् : बैंकर्स संघ

अर्थ संसार

सोमबार, ०७ फागुन २०८०, ०९ : ५६ मा प्रकाशित

वित्तीय क्षेत्रलाई खलबलाउन प्रयास भयो,आपत्तीजनक अभिव्यक्ति दिनेलाई कारबाही गरियोस् : बैंकर्स संघ

नेपाल बैंकर्स संघ,डेभलपमेण्ट बैंकर्स एशेसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै  पछिल्लो समयमा बैंक तथा वित्तीय क्षेत्रलाई खलबलाउन केही अराजक गतिविधीहरु भइरहेको र सामाजिक संजालहरुमा समेत प्रेषित गरिएका केही भ्रामक र गलत अभिव्यक्तिहरु प्रति  ध्यानाकर्षण भएको भनेको छ।

संस्थाहरुले बेला-बखतमा सामाजिक संजालहरुमा देखिने आधारहीन, गलत तथा भ्रामक टिप्पणीहरुमा ध्यान नदिन र  सरोकार निकायहरुले सम्प्रेषण गरेको सूचना र समाचारहरुलाई मात्र आधिकारिक रुपमा लिन भनेको छ। 

चार संस्थाले आम–सर्वसाधारणहरुलाई त्रसित पार्ने, समाज खलबलाउने, गलत र आपत्तीजनक अभिव्यक्ति दिनेहरुलाई कानूनको दायरामा ल्याई आवश्यक कारवाही गर्न समेत सरकारी निकायहरुलाई आग्रह गरेको छ। 

संस्थाहरुले विज्ञप्ति मार्फत भनेका छन्,'अन्तर्राष्ट्रिय बैंकिङ्ग सिद्धान्त लगायतलाई आत्मसात गर्दै नेपाल राष्ट्र बैंकले तोकेको नीतिगत व्यवस्थाहरुको पालना गर्दै, नेपालको बैंकिङ्ग क्षेत्र उदाहरणको रुपमा स्थापित भएको छ । नेपाल राष्ट्र बैंकको सुक्ष्म निगरानी र सोको नीतिरनियमहरुको अधिनमा रहेर प्रत्येक त्रैमासमा वित्तीय विवरण सार्वजनिक गर्दै  आएको बैंकिङ्ग क्षेत्र पारदर्शी मात्र नभई सुपरिवेक्षणीय दृष्टिकोणले समेत अब्बल रहेको छ । नेपालका बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरुमा जोखिम बहन गर्ने क्षमता भएको र आजको दिनमा यी संस्थाहरु सुरक्षित रहेको व्यहोरा स्पष्ट पार्दछौं ।'

साथै संस्थाले अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको नेपालको बैंकिङ्ग क्षेत्रलाई  दक्षिण एसियाकै सबल र उत्कृष्ट क्षेत्रको रुपमा स्थापित गर्न सहयोग गर्नुहुने समस्त सरोकारवालाहरु प्रति आभार पनि प्रकट गरेको छ। 

यस संघहरुसंग सम्बन्धित सबै बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेपकर्ताहरुको रकम पूर्णरुपमा सुरक्षित रहेको र नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम प्राकृतिक व्यक्तिका नाममा बचत तथा मुद्दती खातामा रहेको रु ५ लाख सम्मको निक्षेप नेपाल सरकारद्वारा स्थापना गरिएको निक्षेप तथा कर्जा सुरक्षण कोष मार्फत् सुरक्षण गरिएको पनि संस्थाहरुले विज्ञप्ति मार्फत भनेको छ। 

हाल बैंक तथा वित्तीय संस्थाहरुमा  ५ करोड ३५ लाख भन्दा धेरै निक्षेप खाताहरु र १८ लाख भन्दा धेरै कर्जा खाताहरु संचालनमा छन् । देशका ५४ वटा बैंक तथा वित्तीय संस्थाहरुले मुलुकको कुल ग्राहस्थ उत्पादन भन्दा धेरै निक्षेप संकलन तथा लगभग कुल ग्राहस्थ उत्पादन बराबरको कर्जा प्रवाह तथा अन्य बैंकिङ्ग सेवाहरु आफ्ना ६४४१ शाखाहरु मार्फत देशभर प्रदान गर्दै आइरहेका छन्  । साथै, देशको दुर–दराजमा गई ५७ वटा लघुवित्त संस्थाहरुले २८ लाख भन्दा धेरै स–साना ऋणीहरुलाई रु ४ खर्ब भन्दा धेरै ऋण प्रवाह  गरेको छ। 

यी सबै संस्थाहरुले ८२,००० भन्दा धेरै कर्मचारीहरुलाई प्रत्यक्ष रोजगारी दिइरहेका छन् । आ।व २०७९र८० मा बैंक तथा वित्तीय संस्थाहरुले नेपाल सरकारलाई रु ३१ अर्ब भन्दा धेरै राजश्व बुझाउनुका साथै संस्थागत सामाजिक उत्तरदायित्व बमोजिम बैंक तथा वित्तीय क्षेत्रहरुले रु ७७ करोड भन्दा धेरै विविध सामाजिक कार्यहरुमा खर्च गरेका छन् ।

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको