Like us!
Follow us!
Connect us!
Watch us!

ग्रीनलाइफ हाइड्रोको लकइन सकिँदा उच्च सप्लाई, नकारात्मक सर्किट लाग्यो

अर्थ संसार

मंगलबार, ०८ फागुन २०८०, ११ : ५९ मा प्रकाशित

ग्रीनलाइफ हाइड्रोको लकइन सकिँदा उच्च सप्लाई, नकारात्मक सर्किट लाग्यो

ग्रीनलाइफ हाइड्रोपावर कम्पनीको लकइन अवधि समाप्त हुँदा व्यापक बिक्री दबाब आएको छ ।

कम्पनीको संस्थापक शेयरधनीको एक करोड ४४ लाख कित्ता, स्थानीयको एक लाख तीन हजार छ सय कित्ता र कर्मचारीको ६९ हजार नौ सय २८ कित्ता सेयर लक इनमा रहेको थियो । सोही परिमाणको सेयरको लकइन अवधि समाप्त भएसँगै उच्च बिक्री माग आउँदा आज मङ्गलबार उक्त कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ ।

कम्पनीले एक सूचना जारी गर्दै फागुन ६ गते लकइन पिरियड समाप्त हुने जानकारी दिएको थियो । ६ गते मध्यराति लकइन सकिएको र ७ गते बिदा परेको हुँदा यस अघि उक्त सेयरको कारोबार हुन सकेको थिए । अहिलेसम्म कम्पनीको एक लाख ३८ हजार तीन सय ८४ कित्ता सेयर कारोबार भइसकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको