Like us!
Follow us!
Connect us!
Watch us!

पाँचौ दिन पनि घट्यो सेयरबजार, २००० को विन्दुमा सपोर्ट खोज्दै नेप्से

अर्थ संसार

विहीबार, १० फागुन २०८०, १५ : २३ मा प्रकाशित

पाँचौ दिन पनि घट्यो सेयरबजार, २००० को विन्दुमा सपोर्ट खोज्दै नेप्से

बिहीबार सेयरबजारमा २०.७६ अङ्कको गिरावट आउँदा कारोबार रकम भने उल्लेख्य रुपमा बढेको छ । यससँगै नेप्से लगातार पाँचौ कारोबार दिन पनि ओरालो लागेको हो । दिनभरी घटेर २००१ को विन्दुसम्म पुगेको बजारले त्यसपछि भने सामान्य पुलब्याक गरेको थियो ।

बुधबार ६.४६ अङ्कले घटेको सेयरबजार आज थप २०.७६ अङ्कले घटेर २००५.८३ विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबारको दिन कुल २ अर्ब २४ करोड १९ लाख ६१ हजार ७ सय ७९ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम बढेर ३ अर्ब २० करोड ६१ लाख ६७ हजार २५ रुपैयाँ पुगेको छ । आज बजार घट्दा कारोबार रकममा भने वृद्धि भएको हो ।

आज सर्वाधिक कमाउने कम्पनीहरुमा समाज लघुवित्त, जोशी हाइड्रो र सामलिङ पावर कम्पनी रहे । ती कम्पनीको सेयर मूल्य १० प्रतिशत कै हाराहारीमा वृद्धि भयो । मङ्गलबार सर्वाधिक गुमाउनेमा पिपल्स हाइड्रो, हिमालय उर्जा र बाराही हाइड्रो रहे । ती कम्पनीको सेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घट्यो ।

आज उत्पादन समूहको उपसूचक १.१३ प्रतिशतले बढ्दा फाइनान्स समूहको उपसूचक ०.३३ प्रतिशतले बढ्यो । आज हाइड्रोपावर उपसूचक सर्वाधिक १.९० प्रतिशतले घट्दा लगानी समूहको उपसूचक १.५४ प्रतिशत र होटल तथा पर्यटन समूहको उपसूचक १.४८ प्रतिशतले घटे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको