Like us!
Follow us!
Connect us!
Watch us!

बजारको पुँजीकरण ३१ खर्ब ५३ अर्बमाथी, यी हुन शीर्ष १० मार्केट मेकर कम्पनी (हिस्सा सहित)

अर्थ संसार

आइतबार, १३ फागुन २०८०, ०८ : ४८ मा प्रकाशित

बजारको पुँजीकरण ३१ खर्ब ५३ अर्बमाथी, यी हुन शीर्ष १० मार्केट मेकर कम्पनी (हिस्सा सहित)

गएको शुकबार फेब्रुअरी २२ मा नेप्सेको कुल बजार पुँजीकरण ३१ खर्ब ५३ अर्ब रुपैयाँ माथि रहेको छ। यो बजार पुँजीकरण जनवरीको तुलनामा घटेको छ। जनवरीमा झन्डै ३२ खर्ब ९६ अर्बको नेप्से  पुँजीकरण अहिलेको घटेको देखिन्छ।  जुलाई २०२१ मा अल टाईम हाई ४२ खर्ब ८४ अर्ब पुगेको बजार पुँजीकरण बजार घटे संगै ओरालो लागेको छ। 

बजार पुँजीकरणका हिसाबले शीर्ष ५ कम्पनी

नेपाल टेलिकम

बजार पुँजीकरणका हिसाबले सबै भन्दा शीर्ष कम्पनी नेपाल टेलिकम रहेको छ। यस कम्पनीको बजार पुँजीकरण १ खर्ब ५२ अर्ब ४६ करोड रुपैयाँ रहेको छ। कुल बजार पुँजीकरणमा नेपाल टेलिकमको हिस्सा ४.८२ प्रतिशत रहेको छ।

नबिल बैंक

टेलिकम पछि बजार पुँजीकरणका हिसाबले सबै भन्दा शीर्ष कम्पनी नबिल बैंक रहेको छ। यस बैंकको नबिल बजार पुँजीकरण १ खर्ब २० अर्ब ४० लाख रुपैयाँ रहेको छ। हाल कुल बजार पुँजीकरणमा नबिल बैंकको हिस्सा ३.८१ प्रतिशत रहेको छ।

नागरिक लगानी कोष

बजार पुँजीकरणका हिसाब तेस्रो ठुलो कम्पनी हो  नागरिक लगानी कोष। यस कम्पनीको बजार पुँजीकरण हाल १ खर्ब ९ अर्ब ९९ करोड रुपैयाँ रहेको छ। अहिलेओ अवस्थमा कुल बजार पुँजीकरणमा यो कम्पनीको हिस्सा ३.४६ प्रतिशत रहेको छ।

नेपाल पुनर्बीमा कम्पनी

बजार पुँजीकरणका हिसाब चौथो ठुलो कम्पनी हो नेपाल पुनर्बीमा कम्पनी। यस कम्पनीको बजार पुँजीकरण हाल ९६ अर्ब ४९ करोड  रुपैयाँ रहेको छ। अहिलेओ अवस्थमा कुल बजार पुँजीकरणमा यो कम्पनीको हिस्सा ३.०४ प्रतिशत रहेको छ।

ग्लोबल आइएमई बैंक

बजार पुँजीकरणका हिसाब पाचौँ ठुलो कम्पनी हो ग्लोबल आइएमई बैंक। यस कम्पनीको बजार पुँजीकरण हाल ६७ अर्ब ३८ करोड रुपैयाँ रहेको छ। अहिलेओ अवस्थमा कुल बजार पुँजीकरणमा यो कम्पनीको हिस्सा २.१२ प्रतिशत रहेको छ।

अरु कुन कुन कम्पनीको कति छ बजार पुँजीकरण र बजारमा हिस्सा ?

हिमालयन रिइन्स्योरेन्स
६४ अर्ब ८९ करोड रुपैयाँ (२.०३ प्रतिशत)

एनआईसी एसिया बैंक
६३ अर्ब ६९ करोड रुपैयाँ (२ प्रतिशत)

एभरेष्ट बैंक
६० अर्ब २८ करोड रुपैयाँ (१.९० प्रतिशत)

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक
५६ अर्ब ६५ करोड रुपैयाँ (१.७८ प्रतिशत)

नेपाल लाइफ इन्स्योरेन्स
 ४९ अर्ब ६५ करोड रुपैयाँ (१.५५ प्रतिशत)

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको