Like us!
Follow us!
Connect us!
Watch us!

सूर्यज्योति लाइफ इन्स्योरेन्सको ठूलो संख्यामा सेयरको लकइन अवधि समाप्त हुँदै

अर्थ संसार

सोमबार, १४ फागुन २०८०, १० : १३ मा प्रकाशित

सूर्यज्योति लाइफ इन्स्योरेन्सको ठूलो संख्यामा सेयरको लकइन अवधि समाप्त हुँदै

सूर्यज्योति लाइफ इन्स्योरेन्सको साधारण तथा संस्थापक सेयरको लकइन अवधि समाप्त हुने भएको छ । 

कम्पनीले एक सूचना जारी गर्दै आउँदो चैत २० गते देखि लकइन पिरियड समाप्त भएको जनाएको हो । उक्त कम्पनीको संस्थापक समूहको एक करोड एक लाख ७५ हजार ९७९ कित्ता शेयर, संस्थापकबाट सर्वसाधारण समूहमा परिणत गरिएको ३७ लाख ९१ हजार ५१ कित्ता तथा कर्मचारीलाई बाँडफाँड गरिएको दुई लाख ९९ हजार दुई सय ९३.५ कित्ता सेयरको लकइन अवधि समाप्त हुन लागेको हो ।

कम्पनीको सञ्चालक, कार्यकारी प्रमुख, लेखा परीक्षक, कम्पनी सचिव, उच्च व्यवस्थापकीय पदका कर्मचारी, लेखा सम्बन्धि कार्यमा प्रत्यक्ष संलग्न कर्मचारीहरुको हकमा भने सेयर रोक्का नै रहनेछ । साविकको ज्योति लाइफ इन्स्योरेन्स सूर्या लाइफ इन्स्योरेन्समा गाभिएर २०७९ पुस ७ गतेदेखि सूर्यज्योति लाइफ इन्स्योरेन्सका नामबाट कम्पनीले एकीकृत कारोबार सञ्चालन गरिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको