Like us!
Follow us!
Connect us!
Watch us!

राधी विद्युत कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत

अर्थ संसार

सोमबार, १४ फागुन २०८०, १६ : ०८ मा प्रकाशित

राधी विद्युत कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत

राधी विद्युत कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।

आर्थिक वर्ष २०७९/८० का लागि साइन राधी विद्युत कम्पनीले दिएको ४.७५ प्रतिशत बोनस सेयर आज नेप्सेमा लिस्टिङ भएको हो । कम्पनीले ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद गरि कुल ५ प्रतिशत लाभांश घोषणा गरेको थियो । यस अनुसार अब कम्पनीको थप ७ लाख ९६ हजार ९०.४१ कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री योग्य हुनेछ ।

बोनस पछी कम्पनीको चुक्ता पुँजी एक अर्ब ७५ करोड ५५ लाख ८९ हजार रुपैयाँ पुगेको छ । उक्त कम्पनीको बिहीबार प्रतिकित्ता २४७.८० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको