Like us!
Follow us!
Connect us!
Watch us!

भजन शिरोमणि भक्तराज आचार्यको निधन, राष्ट्रिय सम्मानका साथ बिदाई गरिने

अर्थ संसार

सोमबार, १४ फागुन २०८०, १९ : २० मा प्रकाशित

भजन शिरोमणि भक्तराज आचार्यको निधन, राष्ट्रिय सम्मानका साथ बिदाई गरिने

भजन शिरोमणि उपाधि पाएका वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको सोमबार निधन भएको छ ।

सोमबार अपरान्ह अक्सिजन लेभल अचानक कम भएपछि ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको हो । ८२ वर्षीय आचार्य विगत लामो समयदेखि बिरामी रहेका थिए । चार सय भन्दा गीतमा स्वर तथा संगीत दिएका आचार्यले कैयौं भजनहरु गाएका छन् । उनले गाएका हजार सपनाहरुको माया लागेर आउँछ, हजार आँखा हेर्ने मेरी मायालु, मुटु जलिरहेछ, जहाँ छन् बुद्धका आँखा लगायत गीतहरु कालजयी रुपमै गुन्जिरहेको पाइन्छ ।

आचार्यको पार्थिव शरीरलाई मंगलबार बिहान ९ बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने जनाइएको छ । आचार्यको निधनप्रति संगीतकर्मी, सर्वसाधारणदेखि राजनीतिक दलका नेताहरुले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको