Like us!
Follow us!
Connect us!
Watch us!

सर्वोत्तम सिमेन्टको आईपीओमा अत्यधिक माग, १० अर्ब २२ करोड रुपैयाँ भन्दा बढीको आवेदन

अर्थ संसार

मंगलबार, १५ फागुन २०८०, १८ : ०४ मा प्रकाशित

सर्वोत्तम सिमेन्टको आईपीओमा अत्यधिक माग, १० अर्ब २२ करोड रुपैयाँ भन्दा बढीको आवेदन

फागुन १३ गतेदेखि सर्वसाधारणलाई निष्काशन खुला गरेको सर्वोत्तम सिमेन्टको आईपीओमा तेस्रो दिनसम्म मागभन्दा १०.२ गुणा धेरै आवेदन परेको छ ।

कम्पनीले २७ लाख ७६ हजार ७६ कित्ता सेयरका लागि आवेदन माग गरेकोमा दोस्रो दिनसम्म पाँच लाख २४ हजार ७८ जनाले २ करोड ८३ लाख २७ हजार ६ सय १० कित्ता सेयरका लागि आवेदन माग गरेका छन् । यस हिसाबले कुल आवेदनका लागि १० अर्ब २२ करोड ३४ लाख रुपैयाँ भन्दा बढी रकम ब्लक भएर बसेको छ । कम्पनीले प्रति कित्ता ३६०.९ रुपैयाँमा न्यूनतम ५० कित्ताका लागि आवेदन माग गरेको हो ।

कम्पनीले योजना प्रभावित, स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ बाँडफाँड गरेपछि सर्वसाधारणलाई निष्काशन खुला गरेको हो । यस आइपिओको निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको