Like us!
Follow us!
Connect us!
Watch us!

हाथवे इन्भेस्टमेन्टको बोनस सेयर नेप्सेमा सूचीकृत

अर्थ संसार

बुधबार, १६ फागुन २०८०, १३ : ५५ मा प्रकाशित

हाथवे इन्भेस्टमेन्टको बोनस सेयर नेप्सेमा सूचीकृत

हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।

आर्थिक वर्ष २०७९/८० का लागि कम्पनीले दिएको १० प्रतिशत बोनस सेयर आज नेप्सेमा लिस्टिङ भएको हो । कम्पनीले १० प्रतिशत बोनस सेयर र ०.५२६ प्रतिशत नगद गरि कुल १०.५२६ प्रतिशत लाभांश घोषणा गरेको थियो । यस अनुसार अब कम्पनीको थप २३ लाख ४० हजार कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री योग्य हुनेछ ।

बोनस पछी कम्पनीको चुक्ता पुँजी एक अर्ब २८ करोड ७० लाख रुपैयाँ पुगेको छ । उक्त कम्पनीको बुधबार प्रतिकित्ता ८३६ रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको