Like us!
Follow us!
Connect us!
Watch us!

सर्वोत्तम सिमेन्टको आईपीओमा आवेदन दिने समय सकियो, कति पर्यो कुल आवेदन ?

अर्थ संसार

बुधबार, १६ फागुन २०८०, १७ : २१ मा प्रकाशित

सर्वोत्तम सिमेन्टको आईपीओमा आवेदन दिने समय सकियो, कति पर्यो कुल आवेदन ?

फागुन १३ गतेदेखि सर्वसाधारणलाई निष्काशन खुला गरेको सर्वोत्तम सिमेन्टको आईपीओमा आवेदन दिने समय समाप्त भएको छ । अन्तिम दिनसम्म आइपिओमा मागभन्दा १९.३२ गुणा धेरै आवेदन परेको छ ।

कम्पनीले २७ लाख ७६ हजार ७६ कित्ता सेयरका लागि आवेदन माग गरेकोमा दोस्रो दिनसम्म पाँच लाख २४ हजार ७८ जनाले ५ करोड ३६ लाख ३३ हजार ९ सय १
९० कित्ता सेयरका लागि आवेदन माग गरेका छन् । यस हिसाबले कुल आवेदनका लागि १९ अर्ब ३५ करोड ६५ लाख रुपैयाँ भन्दा बढी रकम ब्लक भएर बसेको छ । कम्पनीले प्रति कित्ता ३६०.९ रुपैयाँमा न्यूनतम ५० कित्ताका लागि आवेदन माग गरेको हो ।

कम्पनीले योजना प्रभावित, स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ बाँडफाँड गरेपछि सर्वसाधारणलाई निष्काशन खुला गरेको हो । यस आइपिओको निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको