Like us!
Follow us!
Connect us!
Watch us!

"ऋण तिर्दिन भन्न पाइदैन" - अर्थमन्त्री महत

अर्थ संसार

बुधबार, १६ फागुन २०८०, २० : ०३ मा प्रकाशित

"ऋण तिर्दिन भन्न पाइदैन" - अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले ऋण तिर्नलाई समय, ब्याजदर जस्ता पक्षमा राहत दिन सकिए पनि ऋण तिर्दिन भन्न नपाइने बताएका छन् ।

आज नवलपरासीमा औद्योगिक व्यापार मेला तथा कृषि, पर्यटन व्यापार एवम् सूचना प्रवधिको बृहत् प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री डा. महतले ब्याजदर घटेको र घट्ने क्रमकै रहेको हुँदा ब्याजदरमा राहत पाइने तर ऋण तिर्दै तिर्दिन भन्न नपाइने बताएका हुन् । उनले एकथरि मान्छे सहकारी र लघुवित्त पीडितलाई उपयोग गरेर राजनीतिकको रोटी सेकाउन लागिपरेको उल्लेख गरे ।

डा. महतले अर्थतन्त्र सुधारोन्मुख रहेको जिकिर गर्दै नीतिगत सुधारका धेरै काम भएकाले व्यवसायीहरुलाई ढुक्क भएर लगानी तथा व्यवसाय गर्न अनुरोध गरे । उनले निर्माण क्षेत्रमा सिमेन्ट, रड लगायतको माग बढेको उल्लेख गर्दै अर्थतन्त्र ठीक बाटोमा जानलागेको बताए । आफू मन्त्री भएपछि मूल्यवृद्धि पनि नियन्त्रणमा आएको महतको भनाई रहेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको