Like us!
Follow us!
Connect us!
Watch us!

मानुषी र श्रृजनशील लघुवित्त मर्ज नहुने, कारण यस्तो

अर्थ संसार

विहीबार, १७ फागुन २०८०, १० : १९ मा प्रकाशित

मानुषी र श्रृजनशील लघुवित्त मर्ज नहुने, कारण यस्तो

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड र श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेड मर्ज नहुने भएका छन् । मानुषी लघुवित्तले श्रृजनशील लघुवित्तको हालको वित्तीय अवस्था सन्तोषजनक नभएको भन्दै डिमर्जको लागि अनुरोध गरेको हो ।

दुई संस्थाबीच २०७९ चैत्र २ गते समझदारी पत्र र मिति २०८० पौष ११ गते अन्तिम सम्झौता पत्रमा हस्ताक्षर भई २०८० माघ ७ गते दुबै वित्तीय संस्था बीच मर्जर गर्न अन्तिम स्वीकृति प्राप्त गर्न निवेदन दिएका थिए । तर हाल श्रृजनशील वित्तीय संस्थाको वित्तीय अवस्था सन्तोषजनक नदेखिएको हुँदा यथास्थितिमा मर्जरको प्रक्रिया अगाडी बढाउने अवस्था नदेखिएको भन्दै मानुषी लघुवित्तले डिमर्जको प्रकृया अगाडि बढाईएको जानकारीका दिएको हो ।

मानुषी र श्रृजनशील लघुवित्तबीच ७३:१०० स्वाप रेसियोमा मर्जर हुने तयारी रहेको थियो । हाल दोस्रो बजारमा मानुषी लघुवित्तको सेयर प्रतिकित्ता ६५४ तथा श्रृजनशील लघुवित्तको सेयर प्रतिकित्ता ८६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको