Like us!
Follow us!
Connect us!
Watch us!

सेबोनको पाइपलाइनमा थपियो लोअर इर्खुवा हाइड्रोको आइपिओ

अर्थ संसार

आइतबार, २० फागुन २०८०, १२ : ०७ मा प्रकाशित

सेबोनको पाइपलाइनमा थपियो लोअर इर्खुवा हाइड्रोको आइपिओ

नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा लोअर इर्खुवा हाइड्रोपावर लिमिटेडको आइपिओ थपिएको छ ।

लोअर इर्खुवा हाइड्रोपावरले २८ लाख ५ हजार ७५० कित्ता प्राथमिक सेयर १०० रुपैयाँ अङ्कित मूल्यमा निष्कासन गर्न अनुमति मागेको हो । कम्पनीले फागुन गते धितोपत्र बोर्डमा निवेदन दिएको थियो । यस आइपिओको निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । उक्त कम्पनी जलविद्युत सेक्टरको कम्पनी रहेको छ ।

कम्पनीले भोजपुर जिल्लामा १४.१५ मेगावाटको प्रोजेक्ट निर्माण गरिरहेको छ । पछिल्लो समय धितोपत्र बोर्ड नेतृत्वविहीन हुँदा सेबोनको पाइपलाइनमा ३५ कम्पनीको आइपिओ अड्किएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको