Like us!
Follow us!
Connect us!
Watch us!

भिपिएनको प्रयोग गरि सामाजिक सञ्जालमा नाबालिकाको चरित्रहत्या गर्ने युवक पक्राउ

अर्थ संसार

आइतबार, २० फागुन २०८०, १४ : ५८ मा प्रकाशित

भिपिएनको प्रयोग गरि सामाजिक सञ्जालमा नाबालिकाको चरित्रहत्या गर्ने युवक पक्राउ

फेसबुकमा नाबालिकाले पोष्ट गरेका फोटो डाउनलोड गरी विभिन्न फेक आईडी खोली ती आईडीबाट उक्त फोटोमा अश्लिल क्याप्सन लेखी पोस्ट गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । 

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-६ घर भई हाल काठमाडौं महानगरपालिका-२६ गोल्खुपाखा बस्ने २२ वर्षीय सुमन खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । खत्रीले नाबालिका तथा नाबालिकाकी दिदी र साथीहरू लगायतलाई अश्लिल तस्विर, भीडियो, फेसबुक म्यासेन्जरमा पठाई चरित्र हत्या गरी दु:ख हैरानी दिएपछि भनि नाबालिकाको काकाले साईबर ब्यूरोमा निवेदन दिएको प्रहरीले जनाएको छ ।

खत्रीले आफ्नो परिचय लुकाउन भिपिएनको समेत प्रयोग गरी उक्त कार्य गर्ने गरेको अनुसन्धान बाट खुल्न आएको प्रहरीले जनाएको छ । उनलाई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिमको कसूरमा पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट पाँच दिन म्याद गरि आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको