सत्ता समीकरणमा फेरबदलसँगै सकारात्मक माहौल बन्दा सोमबार सेयरबजार पाँच मिनेट भित्रै ४ प्रतिशतले बढेर सर्किट ब्रेकर लागेको छ ।
सोमबार बजार पाँच मिनेटमै ७९.२९ अङ्कले बढेपछि कारोबार रोकिएको हो । अब २० मिनेट पछि कारोवार खुल्नेछ । नेप्सेको नियम अनुसार कारोबार शुरु भएको पहिलो घण्टामै बजार चार प्रतिशतले बढे कारोबार २० मिनेटसम्म रोकिनेगर्दछ । त्यसपछि दोस्रो घण्टाभित्र बजार पाँच प्रतिशतले बढे दोस्रो सर्किट ब्रेकर लाग्छ र कारोबार ४० मिनेटसम्म बन्द गरिन्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस