Like us!
Follow us!
Connect us!
Watch us!

६ प्रतिशतले बढ्यो नेप्से, तेस्रो सर्किट ब्रेकर लागेसँगै सकियो आजको कारोबार

अर्थ संसार

सोमबार, २१ फागुन २०८०, १२ : ०७ मा प्रकाशित

६ प्रतिशतले बढ्यो नेप्से, तेस्रो सर्किट ब्रेकर लागेसँगै सकियो आजको कारोबार

सत्ता समीकरणमा फेरबदलसँगै सकारात्मक माहौल बन्दा सोमबार सेयरबजार ६ प्रतिशतले बढेर बन्द भएको छ ।

सोमबार बजार पाँच मिनेट भित्रै ७९.२९ अङ्कले बढेपछि कारोबार पहिलोपटक रोकिएको थियो । त्यसपछि थप एक प्रतिशतले बजार बढ्दा दोस्रो सर्किट ब्रेकर लागेको थियो । ४० मिनेटपछि खुलेको बजार थप एक प्रतिशतले बढेसँगै आजको लागि कारोवार बन्द भएको छ । आज कुल बजार ११७.७० अङ्कले बढेको छ भने ३० बढी कम्पनीको सेयरमूल्य १० प्रतिशतकै हाराहारीमा बढेका छन् । आज कुल ३७ करोड ५२ लाख ९ हजार ९७८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्सेको नियम अनुसार कारोबार शुरु भएको पहिलो घण्टामै बजार चार प्रतिशतले बढे कारोबार २० मिनेटसम्म रोकिनेगर्दछ । त्यसपछि दोस्रो घण्टाभित्र बजार पाँच प्रतिशतले बढे दोस्रो सर्किट ब्रेकर लाग्छ र कारोबार ४० मिनेटसम्म बन्द गरिन्छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको