Like us!
Follow us!
Connect us!
Watch us!

कास्कीको विन्दवासिनी सहकारी ठगी प्रकरणमा तीन पक्राउ

अर्थ संसार

सोमबार, २१ फागुन २०८०, १९ : २६ मा प्रकाशित

कास्कीको विन्दवासिनी सहकारी ठगी प्रकरणमा तीन पक्राउ

कास्कीको विन्दवासिनी सहकारी ठगी प्रकरणमा तीन जना पक्राउ परेका छन् ।

पोखरा महानगर-९ न्यूरोडमा रहेको विन्दवासिनी वचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक समितिका पदाधिकारीले निक्षेपकर्ताको निक्षेप फिर्ता नगरेको, सहाकारीको रकम हिनामिना, अपचलन एवं ठगी गरेको भनी सहकारी रजिष्ट्रारको कार्यालय पोखरामा जाहेरी परेको थियो । सोही जाहेरी पत्रका आधारमा प्रहरीले संचालक समितिका अध्यक्ष ५६ वर्षीय सुवर्णमान नकर्मी, सोही संस्थाका संचालक समितिका सदस्य एवं ऋण संयोजक ३३ वर्षीय कृष्णमान श्रेष्ठ र उक्त संस्थाको रकम हिनामिना तथा अपचलन गर्ने ४५ वर्षीय उदित सन्दिप पौडेललाई पक्राउ गरेको हो ।

पक्राउ परेका तीन जनालाई कास्की जिल्ला अदालतबाट सहकारी ठगी सम्बन्धी कसूरमा सात दिन म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको