Like us!
Follow us!
Connect us!
Watch us!

सोमबारको शतकीय वृद्धिलाई "एडजस्ट" गर्दै सेयरबजार, कारोबार दुई अर्ब नाघ्यो

अर्थ संसार

मंगलबार, २२ फागुन २०८०, १२ : ३४ मा प्रकाशित

सोमबारको शतकीय वृद्धिलाई "एडजस्ट" गर्दै सेयरबजार, कारोबार दुई अर्ब नाघ्यो

मङ्गलबार बिहान उच्च अङ्कले घटेको सेयरबजार बिस्तारै सम्हालिन थालेको छ ।

हिजोको शतकीय अङ्कको वृद्धिपछि आज प्रोफिट बुकिङ आउँदा बजार तीव्र अङ्कले घटेको थियो । नेप्से परिसूचक २०९५ को विन्दुबाट २०२२ अङ्कसम्म ओर्लिएर बिस्तारै फेरि उकालो लाग्न लागेको हो । आज कारोबारमा पनि उल्लेख्य सुधार आएको छ । अघिल्लो साता दैनिक औसत दुई अर्ब ३० करोड आसपासको कारोबार भएकोमा आज कारोबारको पहिलो डेढ घण्टामै दुई अर्ब बढीको कारोबार भइसकेको छ ।

हालसम्म दुई अर्ब १४ करोड ६७ लाख भन्दाको कारोबार भइसकेको छ भने नेप्से परिसूचक २०३० को विन्दुमा रहेको छ । हिजो बजार कुल ११७.७० अङ्कले बढेको थियो भने ३० बढी कम्पनीको सेयरमूल्य १० प्रतिशतकै हाराहारीमा बढेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको