Like us!
Follow us!
Connect us!
Watch us!

सेयरबजारमा उच्च अङ्कको गिरावट, लगानीकर्ताको उत्साह कायम रहन सकेन

अर्थ संसार

मंगलबार, २२ फागुन २०८०, १५ : १८ मा प्रकाशित

सेयरबजारमा उच्च अङ्कको गिरावट, लगानीकर्ताको उत्साह कायम रहन सकेन

सोमबार उच्च अङ्कको वृद्धि भएको सेयरबजारमा आज भने पहिरो नै गएको छ । हिजो समग्र नेप्से इन्डेक्स नै ६ प्रतिशतले बढेर सर्किट लागेको बजारमा आज भने राम्रै प्रोफिट बुकिङ आएको हो ।

आइतबार ११७.७० अङ्कले बढेको सेयरबजार आज भने ७०.३१ अङ्कले घटेर २००७.६९ विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबारको दिन कुल ३७ करोड ५२ लाख ९ हजार ९ सय ७८ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम भने बढेर ४ अर्ब ११ करोड ३६ लाख ७६ हजार ९ सय ५८ रुपैयाँ पुगेको छ । आज बजार घट्दा कारोबार रकममा भने वृद्धि भएको हो ।

आज सर्वाधिक कमाउने कम्पनीहरुमा गुराँस लघुवित्त, मोलुङ हाइड्रो र महिला लघुवित्त रहे । ती कम्पनीको सेयर मूल्य ३ प्रतिशत भन्दा बढीले वृद्धि भयो । मङ्गलबार सर्वाधिक गुमाउनेमा बिएनएल, जोशी हाइड्रो र बिएनटी रहे । ती कम्पनीको सेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घट्यो ।

आज म्युचुअल फन्ड समूहको उपसूचक मात्रै ०.६६ प्रतिशतले बढ्यो । आज अन्य समूहको उपसूचक सर्वाधिक ४.३५ प्रतिशतले घट्दा हाइड्रोपावर समूहको उपसूचक ४.३० प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको उपसूचक ४.२ प्रतिशतले घटे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको