Like us!
Follow us!
Connect us!
Watch us!

दोहोरो अङ्कले बढ्यो सेयरबजार, तीन अर्ब बढीको कारोबार

अर्थ संसार

विहीबार, २४ फागुन २०८०, १५ : १० मा प्रकाशित

दोहोरो अङ्कले बढ्यो सेयरबजार, तीन अर्ब बढीको कारोबार

सेयरबजारमा आज दोहोरो अङ्कको वृद्धि भएको छ । बुधबार अर्थमन्त्रीमा वर्षमान पुनको नियुक्ति भएपछि सामान्य बढेको सेयरबजारले आज पनि वृद्धिलाई निरन्तरता दिएको हो ।

हिजो ९.३३ अङ्कले बढेको सेयरबजार आज पनि १३.५१ अङ्कले बढेर २०३०.५५ विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबारको दिन कुल ३ अर्ब ४५ करोड ८ लाख ३८ हजार ३ सय ५७ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम भने घटेर ३ अर्ब १९ करोड ९२ लाख ५ हजार ८ सय २० रुपैयाँ पुगेको छ । आज बजार बढ्दा कारोबार रकममा भने गिरावट भएको हो ।

आज सर्वाधिक कमाउने कम्पनीहरुमा पिपुल्स हाइड्रो, चिरख्वा हाइड्रो र मध्य भोटेकोसी जलविद्युत रहे । ती कम्पनीको सेयर मूल्य ६ प्रतिशत भन्दा बढीले वृद्धि भयो । मङ्गलबार सर्वाधिक गुमाउनेमा सामलिङ पावर, बिएनटी, जोशी हाइड्रो र दोर्दी हाइड्रो रहे । ती कम्पनीको सेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घट्यो ।

आज ननलाइफ इन्स्योरेन्स समूहको उपसूचक सर्वाधिक १.५६ प्रतिशतले बढ्दा हाइड्रोपावर समूहको उपसूचक १.१४ र लघुवित्त समूहको उपसूचक ०.८१ प्रतिशतले बढ्यो । आज म्युचुअल फन्ड समूहको उपसूचक सर्वाधिक ०.७९ प्रतिशतले घट्दा ट्रेडिङ समूहको उपसूचक ०.२५ प्रतिशतले घट्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको