साताको पहिलो कारोबार दिन माइक्रोफाइनान्स समूहमा हरियाली छाएको छ ।
समग्र लघुवित्त इन्डेक्स नै ४.२५ प्रतिशतले बढ्दा नेप्सेमा पनि उत्साजनक वृद्धि देखिएको छ । आज हालसम्म बजार २७.८२ अङ्कले बढिसकेको छ भने नेप्से परिसूचक २०६० अङ्कको आसपास रहेको छ । बढ्दो बजारमा कारोबार भने सामान्य देखिएको छ ।
हालसम्म कुल एक अर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार भइसकेको छ । अर्थमन्त्रीमा माओवादी केन्द्रका वर्षमान पुन नियुक्त भएसँगै सेयरबजारमा अघिल्ला दुई दिन पनि वृद्धि देखिएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस