रु रु जलविद्युत परियोजनाको आयोजना प्रभावित स्थानीय, कर्मचारी तथा संस्थापक सेयरको लकइन अवधि समाप्त हुने भएको छ ।
कम्पनीले एक सूचना जारी गर्दै आउँदो वैशाख ३ गते देखि लकइन पिरियड समाप्त हुने जनाएको हो । उक्त कम्पनीको संस्थापक समूहको ३९ लाख ४५ हजार ८८८ कित्ता शेयर, आयोजना प्रभावित स्थानीयको ४ लाख ८९ हजार २४५ कित्ता तथा कर्मचारीलाई बाँडफाँड गरिएको ९ हजार ८ सय ५८ कित्ता सेयरको लकइन अवधि समाप्त हुन लागेको हो ।
कम्पनीको सञ्चालक, कार्यकारी प्रमुख, लेखा परीक्षक, कम्पनी सचिव, उच्च व्यवस्थापकीय पदका कर्मचारी, लेखा सम्बन्धि कार्यमा प्रत्यक्ष संलग्न कर्मचारीहरुको हकमा भने सेयर रोक्का नै रहनेछ । कम्पनीले २०७८ सालको वैशाख ३ गते सर्वसाधारणमा सेयर बाँडफाँड गरेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस