Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकले अग्राधिकार सेयर र ऋणपत्र जारी गर्ने

अर्थ संसार

विहीबार, ०१ चैत्र २०८०, १२ : २१ मा प्रकाशित

नबिल बैंकले अग्राधिकार सेयर र ऋणपत्र जारी गर्ने

नबिल बैंकले अग्राधिकार सेयर र ऋणपत्र जारी गर्ने भएको छ । 

बिहिबारका दिन बिहान १० बजे बैंकको केन्द्रीय कार्यालयमा बसेको बैंकको सञ्चालक समितिको बैठकले पाँच अर्ब बराबरको अग्राधिकार सेयर र आठ वर्षे अवधिको डिबेञ्चर जारी गर्नका लागि नेपाल राष्ट्र बैंक लगायत नियमनकारी निकायको स्वीकृति माग्ने निर्णय गरेको हो ।

बैंकले ८ प्रतिशत लाभांश दर भएका एक सय रुपैयाँ अङ्कित ५ करोड इकाई शेयरको रकम फिर्ता नहुने प्रकृतिको अग्राधिकार शेयर व्यक्तिगत तवरबाट मात्र बिक्री गरिने गरि जारी गर्ने तयारी गरेको हो । बैंकले उक्त अग्राधिकार सेयरलो लाभांश मुनाफा भएको बर्ष मात्र मुनाफा वितरण गर्ने जनाएको छ ।

यसैगरी नेपाल राष्ट्र बैंक लगायत नियमनकारी निकायको स्वीकृति प्राप्त गरे पश्चात् बैंकले ८ वर्ष अवधिको ८ % नबिल डिबेन्चर २०८९ जारी गर्ने तयारी गरेको जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको