Like us!
Follow us!
Connect us!
Watch us!

वित्तीय संस्थाको इन्फर्मेसन सिस्टम ह्याक गर्न खोज्ने युवक पोखराबाट पक्राउ

अर्थ संसार

विहीबार, ०१ चैत्र २०८०, २० : २३ मा प्रकाशित

वित्तीय संस्थाको इन्फर्मेसन सिस्टम ह्याक गर्न खोज्ने युवक पोखराबाट पक्राउ

वित्तीय संस्थाको इन्फर्मेसन सिस्टम ह्याक गर्न खोज्ने युवक पोखराबाट पक्राउ परेका छन् ।

प्रहरीको साइबर ब्युरोले कास्कीको पोखरा महानगरपालिका-१७ बिरौटामा डेरामा बस्दै आएका २६ वर्षीय नवराज लामिछानेलाई पक्राउ गरेको हो । उनले वित्तीय संस्थाको सूचना प्रणालीमा अनधिकृत पहुँच पुर्‍याउने प्रयास गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार लामिछानेले लामो समयदेखि वित्तीय क्षेत्रसँग सम्बन्धित संस्थाको सूचना प्रणालीहरूमा अनधिकृत रूपमा पहुँच पुर्याउने प्रयास गरिरहेका थिए । उनले कुन कुन संस्थाको प्रणालीमा पहुँच पुर्याउन खोजेका थिए भन्ने बारे भने प्रहरीले खुलाएको छैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको