Like us!
Follow us!
Connect us!
Watch us!

चैत १३ लाई बुक क्लोज तय गर्दै सगरमाथा लुम्बिनी इन्स्योरेन्सले डाक्यो साधारणसभा

अर्थ संसार

मंगलबार, ०६ चैत्र २०८०, ०८ : ३० मा प्रकाशित

चैत १३ लाई बुक क्लोज तय गर्दै सगरमाथा लुम्बिनी इन्स्योरेन्सले डाक्यो साधारणसभा

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण सभा आवहान गरेको छ।  कम्पनीको गत फागुन २९ गते बसेको सञ्चालक समितिको बैठकले आगामी चैत २७ गते कम्पनीले आफ्नो २७ औं वार्षिक साधारण सभा डाकेको हो । 
 
सभा अमृतभोग कालिका\सभा काठमाडौँको डिल्लीबजारमा रहेको अमृतभोग क्याटिरिङमा बिहान १० बजे डाकिएको छ। 
उक्त सभामा गत आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।  

सभामा आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षणको प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिने
प्रस्ताव रहेको छ। 
अरु प्रस्तावमा सभामा चालु आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ र स्वतन्त्र सञ्चालकमा निर्मलादेवी मानन्धरलाई गरिएको नियुक्ती अनुमोदन गरिने भनिएको छ ।  

यस्तै वैदेशिक लगानीकर्ता सेलिन्को इन्स्योरेन्सबाट स्वत मनोनित हुने १ जना सञ्चालकको जानकारी गराई बाँकी ३ जना सञ्चालक तथा सर्वसाधारण सेयरधनीका तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने तय भएको छ।  

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले आगामी चैत १३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ, चैत १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुले मात्रै कम्पनीको साधारण सभामा भाग लिन तथा कम्पनीले घोषणा गरेको लाभांश पाउनेछन।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको