Like us!
Follow us!
Connect us!
Watch us!

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नाफा बढ्यो, प्रति सेयर आम्दानी १५ रुपैयाँ माथि

अर्थ संसार

मंगलबार, ०१ फागुन २०८०, ०६ : ३९ मा प्रकाशित

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नाफा बढ्यो, प्रति सेयर आम्दानी १५ रुपैयाँ माथि

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८० /८१ को दोश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीको सूचकहरुमा सुधार देखिएका छन्। 

खुद नाफा 

कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा २० करोड ८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १७ करोड ३१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । कम्पनीको नाफा १५.९७ प्रतिशतले बढेको हो। 

कुल बीमा शुल्क 

यस आर्थिक वर्षको पहिलो छ महिनामा कम्पनीले १ अर्ब ९१ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ५९ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन १९.८० प्रतिशतले बढेको छ। 

खुद बीमा शुल्क

पुष मसान्त सम्म कम्पनीले ७९ करोड ५९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७६ करोड ३० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ४.३२ प्रतिशतले वृद्धि भएको हो ।

सेयर पूँजी
२ अर्ब ६२ करोड

स्पेसियल रिजर्भ
२ अर्ब ६२ करोड २६ लाख रुपैयाँ रुपैयाँ संचित

महाविपत्तीकोष
१७ करोड २७ लाख रुपैयाँ

रिटेण्ड अर्निङ्ग
२५ करोड ६५ लाख रुपैयाँ

प्रति सेयर आम्दानी
१५.३२ रुपैयाँ

प्रति सेयर नेटवर्थ
२३२.४५ रुपैयाँ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको