सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको २८ औं वार्षिक साधारणसभा आज आइतबार काठमाडौंमा हुँदैछ। सभा बिहान १० बजे ज्ञानेश्वरस्थित रानीमहल बैंक्वेटमा सुरु हुनेछ।
कम्पनीले सभा तथा लाभांश वितरण प्रयोजनका लागि वैशाख १७ गते बुक क्लोज गरेको थियो। यसअनुसार वैशाख १६ गतेसम्म कायम रहेका सेयरधनीहरू मात्र सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न योग्य छन्।
१५ प्रतिशत नगद लाभांश पारित हुने तयारी
कम्पनीले आर्थिक वर्ष २०८०/८१ का लागि १५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव सभामा पारित गर्नेछ। सो लाभांश अनुसार, कम्पनीले सेयरधनीहरूलाई करसहित ३९ करोड ३३ लाख ९५ हजार ७३० रुपैयाँ वितरण गर्नेछ।
अन्य प्रस्तावहरू पनि पारित हुने
सभामा सञ्चालक समिति र अन्य उपसमितिहरूको बैठक भत्ता तथा सुविधा पुनरावलोकन, सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न संघ-संस्थाहरूलाई प्रदान गरिएका सहयोग रकमको अनुमोदन, र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गरिनेछ।
त्यसैगरी, सभा मार्फत आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदनको स्वीकृति, तथा चालु आर्थिक वर्षका लागि नयाँ लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गरिनेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस