Like us!
Follow us!
Connect us!
Watch us!

अनलाइन क्यासिनो गेम खेलाउने तीन युवतीसहित चार पक्राउ

अर्थ संसार

मंगलबार, ०६ चैत्र २०८०, १३ : २२ मा प्रकाशित

अनलाइन क्यासिनो गेम खेलाउने तीन युवतीसहित चार पक्राउ

क्यास एप, फायरकिरिन एप लगायत विभिन्न एपमार्फत अनलाइन क्यासिनो गेम खेलाएको आरोपमा चार जना पक्राउ परेका छन् ।

विभिन्न खेलहरुमा अनलाईन मार्फत् बाजी राख्दा जितिन्छ भन्ने बिश्वास दिलाई हारजित हुने र आफूले लाभ लिने उद्देश्य राखी रकमको बाजी राख्न लगाई सट्टावाजी गराई खेल खेलाएको आरोपमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा काभ्रे घर भई काठमाडौं चावहिल बस्ने २६ वर्षीया सरिता लामा, सिन्धुपाल्चोक घर भई सोही स्थानमा बस्ने २५ वर्षीया सारङ्गा गुरुङ, खोटाङ घर भई काठमाडौं बेसीगाउँ बस्ने २३ वर्षीया पूर्णिमा राई र नुवाकोट घर भई काठमाडौं गोकर्णेश्वर बस्ने २८ वर्षीय तेम्बा लामा रहेका छन् ।

उनीहरुको साथबाट अनलाइम खेलाउन प्रयोग भएका ५ थान ल्यापटप तथा ११ थान मोबाइल पनि प्रहरीले बरामद गरेको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको