Like us!
Follow us!
Connect us!
Watch us!

सेयरबजारमा सामान्य गिरावट, माइक्रोफाइनान्स र फाइनान्स समूहमा भने आकर्षण

अर्थ संसार

मंगलबार, ०६ चैत्र २०८०, १५ : १३ मा प्रकाशित

सेयरबजारमा सामान्य गिरावट, माइक्रोफाइनान्स र फाइनान्स समूहमा भने आकर्षण

सेयरबजारमा मङ्गलबार झिनो अङ्कको गिरावट भएको छ । हिजो सामान्य बढेको सेयरबजार आज भने सामान्य ओरालो लागेको हो ।

सोमबार ३.२७ अङ्कले बढेको सेयरबजार आज ६.२४ अङ्कले घटेर २०६७.२९ विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबारको दिन कुल २ अर्ब ८८ करोड ५६ लाख ३७ हजार ८ सय १८ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम बढेर ३ अर्ब ६३ करोड ३९ लाख ३६ हजार ५ सय ५४ रुपैयाँ पुगेको छ । आज बजार घट्दा कारोबार रकममा भने वृद्धि भएको हो ।

आज सर्वाधिक कमाउने कम्पनीहरुमा बुद्धभूमि हाइड्रो, धौलागिरी लघुवित्त, इन्फिनिटी लघुवित्त, भगवती हाइड्रो र युनिक नेपाल लघुवित्त कम्पनी रहे । ती कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढी वृद्धि भयो । मङ्गलबार सर्वाधिक गुमाउनेमा पिपल्स हाइड्रो र मैलुङ खोला हाइड्रो रह्यो । ती कम्पनीको सेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घट्यो ।

आज वित्त समूहको उपसूचक सर्वाधिक २.१ प्रतिशतले बढ्दा लघुवित्त समूहको उपसूचक २.०३ र होटल तथा पर्यटन समूहको उपसूचक ०.०६ प्रतिशतले बढ्यो । यसैगरी आज उत्पादन उपसूचक सर्वाधिक १.३८ प्रतिशतले घट्दा ट्रेडिङ समूहको उपसूचक १.३१ प्रतिशतले घट्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको