भनिन्छ, जीवन सुख दुखको समिश्रण हो, हर कोहिको जिन्दगिमा केही न केही आफ्नै कथाहरु हुन्छन!
कसैका माया प्रेम का कथा,कसैका बिछोडियका कथा, कसैका अभाब र संघर्षका कथा, घरको जेठो सन्तानको रुपमा १६ वर्षे उमेरमा मैलो टिसर्ट, रङ खुइलियको जिन्सको पाइन्ट र धुन बाकिरहेको झोला बित्र केही थान कपडा र अनगिन्ती सपना, आट भरोसा, बोकि भित्र पटि खल्तिमा केही गाडी भाडा राखी घरबाट सपना बुन्न निस्केको यौटा केटो।
अनजान शहर न कोहि आफ्ना न कोहि बिराना सबै समान! अनेकौ सपना बुन्दै हामी जस्ता लाखौ युवा परिवारको आट भरोसा बोकि गाउँका उकालो चडी शहर पसि कुना कुना सम्भाबना खोज्न हिड्नेको आज पनि लर्को छ। चोक चोक गल्ली गल्लिमा निराशाको कालो बादल मडारिदै गर्दा भरपुर आफुले आफैलाई सम्झाई हामीले नै गर्नुपर्छ भनी आफ्ना उत्प्रेरक आफै बनेका छन, आजको दिनमा लाखौ युवा। केही साथिहरु भन्नू हुन्छ जीवन हो फर्केर आउंदैन, रमाइलो गरौ आजलाई जिउ भोलि कस्ले देखेको छ र भन्नुहुन्छ, तर आफुलाइ त्यो जीवन भनेको फुलाउन बाँकी रहेको फुल जस्तो लाग्छ।
कतै रमाउ भन्दा हिजोका अभाबहरु झलझली मानसपटलमा आइदिन्छन। नयाँ कापी किन्न नसकेर कसैले लेखेर बाँकी रहेको साइडमा धर्का तानी लेखेको याद आउँछ, स्कुलमा टिउसन पढाउने कुरा हुँदै गर्दा र सबैले पढ्दै गर्दा,पैसा अभाबले मेरो घरमा काम छ भ्याउदिन होला, भनि कुरा घुमाको याद आउँछ, शनिबार हुने बितिकै कस्ले मेला बोलाउला र २-४ रुपैंया कमाउन पाइयला भनि आशा राखेको दिन याद आउँछ, एक हजारको नोट त परै जायोस, सय सयका नोट मास्न नसकेको याद आउँछ, यौटै स्कुल ड्रेसले ३/४ वर्ष पुर्याउदाको याद आउँछ!
कलिलो उमेर मै शहर पस्दै गर्दा कतै खाजा खान खोज्दा पहिला नै हाफको कति पर्छ भनेर भोको पेटले बार्गेनिङ गरेको झलझली याद आउँछ,कतै जागिर भए अल्झाइदिनुन जे काम पनि गर्छु भन्दा, आफ्नो चिनारिले नभएको सम्झना आज पनि मन ननिको मान्छ !
यी अभाबका किस्साहरु मनमा सधैब ताजानै रहिरहन्छन, त्यसैले त कतै गैहालौ रमाइलो गरिहालयौ, भनेर यो मन छिट्टै बुझि हाल्दैन किनकी यहि मन त हो हिजो अनेकौ अभाब झेल्ने!
यौटा भनाइ पनि छ जो सहन्छ उहीँ रहन्छ, समयले बेला बेला परीक्षा लिइरहन्छ, र पो हामीलाइ परिपक्क बनाउंछ। अर्को कुरा हरेक संघर्षमा हामी एक्लै हुन्छौ! त्यो एक्लो पनाले नै झन धेरै कुरा सिकाउछ! र कहिल्यै काहीँ हामी सकिए झै लाग्छ र राम्रो कुरा हाम्रो जीवनको नयाँ सुरुवात पनि त्यहीबाट हुन्छ।
त्यसका कारण पनि मनमा सकारात्मक यिख राख्ने यो भने यौटा गरिबको बच्चोमा जति आट र हिम्मत सायद अरुमा पाउन गाह्रै छ! त्यसैले त हामी अभाबमा छौ, गरिबीमा छौ भने यो नै हाम्रो सबैभन्दा ठुलो बरदान हो।
संसार पढौ, संसार बुझौ जति पनि सफल भएका छन, ती प्राय खाली खल्ती र खाली खुट्टा वाला छ्न ! खाली खल्तीलाई थाहा हुन्छ, शहरका हरेक होटेलमा पाक्ने अनेकौ परिकारको स्वाद नबुजेका पीडा,साथी भाइसंग अनेकौ सहयात्रामा नअटाएका पीडा,अनि समाजले दिने दर्जा हो यी सब कुरा यौटा खाली खल्ती र भोको पेट बाहेक अरु कस्ले बुझ्नसक्ला र!
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस