Like us!
Follow us!
Connect us!
Watch us!

खराब भिजिबिलिटीका कारण काठमाडौं - पोखरा उडान ठप्प

अर्थ संसार

बुधबार, ०७ चैत्र २०८०, १४ : २६ मा प्रकाशित

खराब भिजिबिलिटीका कारण काठमाडौं - पोखरा उडान ठप्प

पोखराको आकाशमा धुम्म तुवाँलो र धुवाँ फैलिँदा पोखरा विमानस्थलमा उडान ठप्प भएका छन् ।

बिहानै देखि बाक्लो तुवाँलो र धुवाँले भिजिबिलिटी न्यून हुँदा उडान अवरुद्ध भएका हुन् । पोखराबाट बुधबार बिहान काठमाडौंका लागि तीन उडान भएपनि त्यसपछि भने कुनै उडान हुन सकेको छैन । अहिले पनि धुवाँले आकाश ढाक्दा घाम लाग्न सकेको छैन भने भिजिबिलिटी पनि न्यून रहेको छ ।

आसपासका डाँडाकाडामा लागेको डढेलो तथा किसानहरुले आगो लगाउँदा निस्केको धुवाँले वातावरण समेत उकुसमुकुस बनेको स्थानीयहरुको भनाई छ । पोखराबाट दैनिक रुपमा काठमाडौं, मुस्ताङलगायतका गन्तव्यमा उडान हुँदै आएका छन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अत्याधुनिक प्रविधियुक्त इन्स्ट्रुमेन्ट फ्लाइट रूल रहेपनि त्यस्का लागि आवश्यक भिजिबिलिजीसमेत नहुँदा उडान ठप्प भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको