Like us!
Follow us!
Connect us!
Watch us!

पाटे बाघको छालासहित एक पक्राउ

अर्थ संसार

बुधबार, ०७ चैत्र २०८०, १७ : ५४ मा प्रकाशित

पाटे बाघको छालासहित एक पक्राउ

नेपालगन्जमा पाटे बाघको छालासहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुर्खेतको बराहताल गाउँपालिका-२ पाक्मा घर भएका २८ वर्षीय चन्द्र बहादुर कार्की रहेका छन् । उनलाई नेपालगन्ज उपमहानगर-२ पुष्पलाल चोकस्थित रोयल महाबुब होटलबाट प्रहरीले बुधबार नियन्त्रणमा लिएको हो । कार्कीको साथबाट प्रहरीले हरियो कालो रङको झोलामा लुकाई छिपाई राखेको अवस्थामा पाटे बाघको छाला फेला पारेको हो ।

उक्त होटलको तेस्रो तलामा १०१ नम्बरको कोठा भाडामा लिई बसेका कार्कीले ५ फिट ९ ईन्च लम्बाई र ३ फिट २ इन्च चौडाई भएको पाटे बाघको छाला लुकाएर राखेका थिए । उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान एवं कारवाही अघि बढाईएको प्रहरीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको