Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल मनी विक: सुर्योदय वोमी लघुबित्त हरिवन स्टेशन कार्यालयद्वारा प्रभातफेरी कार्यक्रम सम्पन्न

अर्थ संसार

शनिबार, १० चैत्र २०८०, १७ : ५९ मा प्रकाशित

ग्लोबल मनी विक: सुर्योदय वोमी लघुबित्त हरिवन स्टेशन कार्यालयद्वारा प्रभातफेरी कार्यक्रम सम्पन्न

बालबालिका तथा युवा लक्षित वित्तीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ Organization of Economic Cooperation and Development (OECD) को संयोजकत्वमा सन् २०१२ देखि हरेक वर्ष Global Money Week-GMW विश्वभर मनाउने गरिएको छ । यो विश्वव्यापी वित्तीय चेतनामूलक अभियान हालसम्म १७६ मुलुकका ६ करोडभन्दा बढी बालबालिका र युवामाझ पुगिसकेको छ ।

यसै सन्दर्भमा नेपाल राष्ट्र बैंकले बालबालिका तथा युवाहरुमा वित्तीय ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने उद्देश्य लिएर सन् २०२४ मार्च १८ देखि २४ (२०८० चैत ५ देखि ११) सम्म “Protect Your Money, Secure Your Future” भन्ने नाराका साथ Global Money Week-2024 १२औं श्रृङ्खला मनाउन लागेको छ। 

यस सुर्योदय वोमी लघुबित्त हरिवन स्टेशन कार्यालयको संयोजकत्वमा मिति २०८० चैत ९ गते यस क्षेत्रमा रहेको ४ वटा शाखाका करिव ३० जनाको उपस्थितिमा प्रभातफेरी कार्यक्रम सञ्चालन सम्पन्न भएको छ ।

उक्त प्रभातफेरी कार्यक्रम शाखा कार्यालय हरिवन हुँदै हरिवन बजार परिक्रमा गरि पुनः कार्यालय परिसरमा आएर सम्पन्न भएको थियो। 

यस सुर्योदय लघुबित्त बित्तीय सस्था लि शाखा कार्यालय परिसरमा कार्यक्रम समापन गर्ने क्रममा कार्यालयका जोखिम ब्यवस्थापन बिभागमा कार्यरत अधिकृत मान प्रसाद फुयालले वित्तीय चेतना अभिवृद्धि गर्ने कार्य निरन्तर प्रक्रिया भएको र यस्तो चेतना बालबालिकामा दिन सकेमा अझ प्रभाकारी हुने बताए ।

आजको डिजिटल युगमा वित्तीय उपकरण तथा सेवाहरुलाई पनि सहज र सुरक्षित प्रयोग गर्न सक्ने वातावरण निमार्ण गर्ने कर्तब्य पनि बैंक तथा वित्तीय संस्थाहरुको हुनुपर्ने उनले बताए । वित्तीय स्थायित्व कायम गर्न सक्षम नेतृत्वको विकाससँगै युवाहरुमा वित्तीय सचेतना बढाउनु पर्ने कुरामा उनले जोड दिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको