Like us!
Follow us!
Connect us!
Watch us!

'किरा' ले अवरुद्ध पोखरा विमानस्थलको उडान सूचारु

अर्थ संसार

आइतबार, ११ चैत्र २०८०, १३ : ३८ मा प्रकाशित

'किरा' ले अवरुद्ध पोखरा विमानस्थलको उडान सूचारु

आइतबार रनवे भरी छरिएका किरा टिप्न चरा आएपछि अवरुद्ध बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सूचारु भएको छ ।

शनिबार राति ठूलो संख्यामा उडेका किराहरु पोखरा विमानस्थलको धावन मार्ग भरी छरिएका थिए । तिनै किरा खान आउने चराहरुका कारण आइतबार बिहानैदेखी विमानस्थलमा उडान अवरुद्ध भएको हो ।
बिहान धावनमार्गबाट एकपटक किरा हटाएपनि धावनमार्ग छेउको घाँसबाट किरा फेरि धावनमार्ग मै आएका थिए भने चराहरु पनि हटेका थिएनन् ।

विमानस्थल आसपासका स्थानहरुमा ससाना दुलो भित्र बसेका किराहरु पखेटा लागेसँगै शनिबार बेलुका आकाशै ढाकिने गरि उडेका थिए । अहिले मध्यान्ह साढे एक बजे बुद्ध एयरको विमान पोखरा विमानस्थलमा अवतरण गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको