तारागाउँ रिजेन्सी होटल लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।
आर्थिक वर्ष २०७९/८० का लागि तारागाउँ रिजेन्सीले दिएको ४ प्रतिशत बोनस सेयर आज नेप्सेमा लिस्टिङ भएको हो । यस अनुसार अब कम्पनीको थप ७ लाख ५४ हजार ६६१.६ कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री योग्य हुनेछ ।
बोनस पछी कम्पनीको चुक्ता पुँजी एक अर्ब ९६ करोड २१ लाख २० हजार २०० रुपैयाँ पुगेको छ । उक्त कम्पनीको आज प्रतिकित्ता ८३३ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस