Like us!
Follow us!
Connect us!
Watch us!

१६ वर्ष मुनिका लागि स्मार्टफोन प्रतिबन्ध : के भन्छन् अभिभावक ?

अर्थ संसार

मंगलबार, १३ चैत्र २०८०, १० : १३ मा प्रकाशित

१६ वर्ष मुनिका लागि स्मार्टफोन प्रतिबन्ध : के भन्छन् अभिभावक ?

प्यारेन्टकाइन्ड नामक एक संस्थाले गरेको सोधले ५८ प्रतिशत अभिभावक १६ वर्ष भन्दा मुनिका आफ्ना बालबालिकाका लागि स्मार्टफोन प्रतिबन्ध लगाउने पक्षमा रहेको देखाएको छ ।

सोध अनुसार ती अभिभावकले १६ वर्ष भन्दा मुनिका आफ्ना बालबालिकाका लागि सरकारले नै स्मार्टफोनमा प्रतिबन्ध लगाउनुपर्ने आशय व्यक्त गरेका थिए । बेलायतका २५०० स्कुले विद्यार्थीका अभिभावकमा गरिएको सर्भे अनुसार ८३ प्रतिशत अभिभावकले स्मार्टफोन आफ्ना बालबालिकाका लागि हानिकारक रहेको प्रतिक्रिया दिएका थिए । गत फेब्रुअरीमा त्यहाँको सरकारले विद्यालय समयमा मोबाइल फोन चलाउन नपाइने आशयको निर्देशन दिएको थियो । तर उक्त निर्देशन कानुनत भने लागू हुने खालको निर्देशन नरहेको जनाइएको छ ।

स्मार्टफोन प्रयोगलाई सुरक्षित बनाउन बेलायतले अनलाइन सुरक्षा ऐन कार्यान्वयनमा ल्याउने तयारी गरेको छ । यसले विभिन्न अनलाइन प्लाटफर्महरुमा प्रयोगकर्ताको उमेर निर्धारण गरि बालबालिकालाई हानिकारक कन्टेन्टको पहुँचबाट टाढा राख्न मद्दत पुर्याउने विश्वास लिइएको छ । प्रतिबन्धित तवरले स्मार्टफोन प्रयोग रोक्दा त्यसको थप दुरुपयोग हुनसक्ने भन्दै कन्टेन्ट नियन्त्रण गर्न बेलायत सरकारले प्राथमिकता दिएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको