Like us!
Follow us!
Connect us!
Watch us!

डिप्रोक्स लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार

विहीबार, १८ फागुन २०७९, ०६ : ५६ मा प्रकाशित

डिप्रोक्स लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक बर्षको मुनाफाबाट प्रस्ताव गरेको २१ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

लाभांश तथा साधारण सभा प्रयोजनार्थ संस्थाले फागुन १९ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको थियो त्यसैले आज फागुन १८ गतेसम्म कायम सेयरधनीहरुले मात्रै लाभांश र सभामा उपस्थित हुन पाउनेछन् ।

संस्थाको पुस २५ गते सोमबार बसेको सञ्चालक समतिको बैठकले गत आर्थिक वर्षको संचित मुनाफबाट १० प्रतिशत बोनस सेयर र ११.०५२६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ समेत गरी) कुल २१.०५२६३ नगद लाभांस दिने प्रस्ताव गरेको थियो ।

संस्थाको एक्काईसौं वार्षिक साधारण सभा फागुन ३० गते मंगलबारका दिन होटल सेभेन स्टार प्रा. लि. सौराहा, चितवनमा हुने भएकोले वार्षिक साधारण सभा प्रयोजनको लागि निम्न बमोजिम शेयर दाखिल खारेज बन्द रहने जानकारी दिएको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको