Like us!
Follow us!
Connect us!
Watch us!

लोडसेडिङ हुने हल्ला सही होइन : ऊर्जामन्त्री बस्नेत

अर्थ संसार

बुधबार, १४ चैत्र २०८०, १७ : १७ मा प्रकाशित

लोडसेडिङ हुने हल्ला सही होइन : ऊर्जामन्त्री बस्नेत

लोडसेडिङ हुने हल्लामा सत्यता नरहेको ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले दाबी गरेका छन् ।

बुधबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै ऊर्जामन्त्री बस्नेतले मिडियामा आएको जस्तो लोडसेडिङ हुने अवस्था नरहेको बताएका हुन् । उनले डे अहेड विद्युत खरिद सम्झौता नवीकरण नियमित प्रक्रिया भएको र त्यो प्रक्रियामै रहेको पनि उनले जानकारी दिए । बोल्ने क्रममा मिडिया आएका लोडसेडिङका समाचार निराधार रहेको भन्नेमा नै ऊर्जामन्त्री बस्नेतले खास जोड दिएका थिए ।

पछिल्लो समय भारतीय पक्षले सम्झौता नवीकरण गर्न आनाकानी गरेको समाचारहरु प्रकाशित भएका थिए । विराटनगर औद्योगिक करिडोरमा केही समस्या देखिएको उल्लेख गर्दै उनले तमोर बेसिनबाट ७०-७५ मेगावाट विद्युत उत्पादन अन्तिम चरणमा पुगेको र उक्त विद्युत प्रसारण लाइनमा जोडिएपछि केही राहत हुने पनि जानकारी दिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको