Like us!
Follow us!
Connect us!
Watch us!

प्राविधिक कामका कारण काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

अर्थ संसार

शुक्रबार, ०५ पुस २०८१, ०८ : २८ मा प्रकाशित

प्राविधिक कामका कारण काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

नेपाल विद्युत् प्राधिकरणले आज, शुक्रबार, काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा बिहान १०:३० देखि मध्याह्न १२:०० बजेसम्म बिजुली कटौती गर्ने जानकारी दिएको छ।

प्राधिकरणका अनुसार, बलम्बु सबस्टेशनअन्तर्गत थानकोट फिडरको क्षेत्रफलमा पर्ने नैकाप, बलम्बु, चुनदेवी, खहरे, दशचोक लगायतका स्थानहरूमा प्राविधिक जडान कार्यको कारण बिजुली आपूर्ति रोकिनेछ।

प्राधिकरणले यस कटौतीका कारण प्रभावित सबै ग्राहकहरूबाट क्षमापना प्रकट गर्दै, तोकिएको समयभन्दा पहिले कार्य सम्पन्न भएमा बिजुली आपूर्ति पुनः शुरु हुने जानकारी दिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको