Like us!
Follow us!
Connect us!
Watch us!

उद्योगी व्यवसायीलाई विद्युत प्राधिकरणको १५ दिने अल्टिमेटम :बक्यौता महसुल नतिरे कारबाही गर्ने चेतावनी

अर्थ संसार

आइतबार, १७ भदौ २०८०, १२ : ०२ मा प्रकाशित

उद्योगी व्यवसायीलाई विद्युत प्राधिकरणको १५ दिने अल्टिमेटम :बक्यौता महसुल नतिरे कारबाही गर्ने चेतावनी

नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता महसुल तिर्न उद्योगीलाई १५ दिने अल्टिमेटम दिदै एक सूचना निकालेको छ।  

डेडिकेटेड ट्रंक लाइनको बक्यौता नबुझाउने उद्योगी व्यवसायीलाई १५ दिन भित्र सो महसुल बुझाउन उक्त सूचनामा भनिएको छ । बक्यौता बुझाउनका लागि पटक पटक उद्योगी व्यवसायीलाई पत्राचार गरेता पनिहालसम्म बक्यौता महसुल नबुझाएकाले उद्योगी व्यवसायीहरुलाई अल्टिमेटम दिएको प्राधिकरणको सुचनामा उल्लेख छ।

तोकिएको समयभित्र बक्यौता महसुल नबुझाएमा विद्युत महसुल संकलन विनियमावली, २०७८ को विनियम १० को प्रावधान बमोजिम कारवाही हुने प्राधिकरणले चेतावनी पनि दिएको छ । डेडिकेटेड र टं«क लाइनको सुविधा लिएका उद्योगीहरुले २० अर्ब माथि बक्यौता रहेको प्राधिकरणको बुझिएको छ ।

64f424fbbe2e4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको