Like us!
Follow us!
Connect us!
Watch us!

कर्णाली पुलबाट हाम फालेका युवक मृत फेला

अर्थ संसार

विहीबार, १५ चैत्र २०८०, १६ : ४१ मा प्रकाशित

कर्णाली पुलबाट हाम फालेका युवक मृत फेला

गत सोमबार कर्णाली नदीको पुलबाट हाम फालेर बेपत्ता भएका युवक मृत अवस्थामा फेला परेका छन् ।

होलीका दिन चिसापानीस्थित कर्णाली नदीकाे पुलमाथि हाम फालेका १७ जनामध्ये कैलालीको लम्किचुहा नगरपालिका-३ चिसापानी बस्ने ३० वर्षीय लाेकेन्द्र शाही बेपत्ता भएका थिए । हाम फाले लगत्तै उनी डुबेको देखिएको थियो भने वरपर बसेकाहरुले उनलाइ बचाउन हारगुहार गरेका थिए । नदी छेवैमा रहेका डुङ्गाहरु शाहीलाई उद्धार गर्न गए पनि उनी बेपत्ता रहेका थिए ।

उनकाे शव तीन दिनपछि बिहीबार टीकापुरकाे सन्कट्टी घाटमा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले रोक्दारोक्दै उनीहरु एक पछि अर्को गर्दै पुलबाट नदीमा हाम फालेका थिए । घटनाको भिडियोहरु सामाजिक सञ्जालमा भाइरल भएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको