Like us!
Follow us!
Connect us!
Watch us!

प्राविधिक समस्या आएपछि दोहा उडेको नेपाल एयरलाइन्सको जहाज काठमाडौं नै फर्कियो

अर्थ संसार

शुक्रबार, १६ चैत्र २०८०, ११ : ०८ मा प्रकाशित

प्राविधिक समस्या आएपछि दोहा उडेको नेपाल एयरलाइन्सको जहाज काठमाडौं नै फर्कियो

कतारको दोहा उडेको नेपाल एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्किएको छ ।

हिजो मध्यराति १२:०० बजे दोहा उडेको उक्त विमानको हाइड्रोलिक सिस्टममा समस्या देखिएपछि उडानको ५५ मिनेटपछि विमान काठमाडौं नै फर्काइएको हो । बुटवल क्षेत्र पुगेपछि उक्त विमान फर्किएको थियो । उक्त विमानको कलसाइन ९एन - एएलवाई रहेको छ ।

२ सय ६५ यात्रु लिएर दोहा उडेको उक्त विमानका यात्रुलाई हिजो राती नै निगमको अर्को वाइडबढी "मकालु" मार्फत दोहा पठाइएको छ । प्राविधिक समस्या देखिएको "अन्नपूर्ण" जहाजलाई विमानस्थल मै मर्मत गरि आज दिउँसो दिल्ली उडान गर्ने तयारी रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको