Like us!
Follow us!
Connect us!
Watch us!

दुई न्यारोबडी जहाज वेट लिजमा लिन निगमद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान

अर्थ संसार

मंगलबार, २३ माघ २०८०, १७ : १८ मा प्रकाशित

दुई न्यारोबडी जहाज वेट लिजमा लिन निगमद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान

दुई न्यारोबडी जहाज वेट लिजमा लिन नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ ।

निगमले आज एक प्रेस विज्ञप्ति जारी गर्दै देशको पर्यटन प्रवर्द्धनमा समेत सशक्त उपस्थिती देखाई विदेशी पर्यटकहरुलाई समेत सेवा दिने उद्धेश्यले दुईवटा न्यारोबडी जहाज वेट लिजमा लिने प्रक्रिया थालिएको जानकारी दिइएको हो । विज्ञप्तिमा खरिद प्रक्रिया पारदर्शी बनाउन तालुक मन्त्रालयको समेत सहमति लिइ सार्वजनिक खरिद ऐन, नियम बमोजिम २०८० माघ २३ गते सार्वजनिक माध्यमबाट अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको जनाइएको छ ।

निगमको कार्ययोजना अनुरुप हाल निगमसँग भएको दुईवटा वाइड बडी जहाज जापान, सिड्नी र कोरिया उडानमा प्रयोग हुँदा अन्य सेक्टरमा हाल भएका दुईवटा न्यारो बडी जहाजले उडान चापको माग धान्न नसक्ने हुँदा नयाँ जहाज लिजमा लिन लागिएको निगमको भनाई छ ।
 थप भएका जहाजले उडान चापलाई व्यवस्थापन गरी दिल्ली, दुबई, दोहा, मलेसिया लगाएतका सेक्टरमा उडान थप गरी आय बढाउने तथा भैरहवाबाट समेत अन्य गन्तव्यमा उडान भर्ने योजना रहेको पनि निगमले उल्लेख गरेको छ ।

नेपाल सरकारवाट विभिन्न समयमा गठित निगम सुधार आयोग, समितिहरुले समेत निगमको सम्भावित व्यापारलाई विस्तार गर्न अहिले भएका जहाजले नपुग्ने र तत्काल जहाज थप्नुपर्ने सुझाव आएको हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको विशेष निर्देशन र निगमका कार्यकारी अध्यक्ष युबराज अधिकारीको विशेष पहलमा निगमको दश वर्षे व्यवसायिक योजना अनुरुप बजार विस्तार गर्नको लागि जहाज थप गर्न लागिएको निगमले जनाएको छ ।

निगमका अनुसार लिजमा लिन लागिएका जहाजहरुमार्फत आगामी जुलाई २०२४ सम्ममा सेवा प्रदान गर्न थालिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको