Like us!
Follow us!
Connect us!
Watch us!

नेवानिलाई न्यारोबडी खरिद प्रक्रियामा भ्रष्टाचारजन्य कार्य नभएको विश्वस्त पार्न निर्देशन

अर्थ संसार

सोमबार, १९ चैत्र २०८०, १३ : १७ मा प्रकाशित

नेवानिलाई न्यारोबडी खरिद प्रक्रियामा भ्रष्टाचारजन्य कार्य नभएको विश्वस्त पार्न निर्देशन

नेपाल वायुसेवा निगम (नेवानि) लाई न्यारोबडी जहाज खरिद प्रक्रियाका बारे १५ दिनभित्र स्पष्ट जवाफ पेस गर्न अन्तर्राष्ट्रिय समितिले निर्देशन दिएको छ ।

सोमबार प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा निगमलाई यस्तो निर्देशन दिइएको हो । समितिका सभापति राजकिशोर यादवले न्यारोबडी जहाज खरिद प्रक्रियामा भ्रष्टाचारजन्य कार्य नभएको विश्वस्त पार्ने गरि समितिलाई जवाफ पेस गर्न निर्देशन दिएका हुन् ।

विमान खरिद सम्झौतामा भएका सबै प्रक्रिया तथा विमान खरिदपछि बनाएको व्यवसायिक योजना पनि पेस गर्न यादवले निर्देशन दिएका छन् । जवाफ लजिक र भ्यालिड भए समिति त्यसै अनुरुप जाने अन्यथा थप कारबाहीको लागि बाध्य हुने पनि उनले बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको