Like us!
Follow us!
Connect us!
Watch us!

वायुसेवा निगमले एक सय ३५ अर्ब सफ्ट लोन खोज्दै

अर्थ संसार

बुधबार, १० माघ २०८०, १८ : ५७ मा प्रकाशित

वायुसेवा निगमले एक सय ३५ अर्ब सफ्ट लोन खोज्दै

नेपाल वायुसेवा निगमले एक सय ३५ अर्ब सफ्ट लोनका लागि अन्तर्राष्ट्रिय आशयपत्र आह्वान गरेको छ ।

निगमले अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्ने ए-३२० र ए-३३० जहाजहरु खरिद गर्नको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएको थियो । उक्त ऋणको ब्याजदर भन्दा कम ब्याजदरमा सफ्ट ऋण खोजेर ब्याज खर्चको भार कम गर्न खोजेको निगमले जनाएको छ ।

निगम ब्यवस्थापनबाट लोन स्वापका लागि पेश भएको प्रतिवेदन अनुसार सफ्ट लोन लिनको लागि सैद्घान्तिक सहमतिको लागि निगम सञ्चालक समितिका अध्यक्ष युबराज अधिकारीको अध्यक्षतामा जेठ २५ गते बसेको सञ्चालक समितिको बैठकले नेपाल सरकार समक्ष पेश गर्ने निर्णय गरेको थियो ।

सोही बमोजिम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, अर्थ मन्त्रालय र राष्ट्र बैंक सँग आवश्यक समन्वय गरी प्राप्त निर्देशन अनुसार माघ ४ गते निगम सञ्चालक समितिको निर्णय बमोजिम १३५ अर्ब सफ्ट लोन प्राप्तिका लागि हिजो २३ जनवरी मङ्गलबारका दिन अन्तर्राष्ट्रिय आशयपत्र आह्वान गरिएको निगमले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको