Like us!
Follow us!
Connect us!
Watch us!

पिपुल्स पावरको मूल्य बटमबाट ७३% बढ्यो, कर्नरिङ भएको त होइन ?

अर्थ संसार

शनिबार, १७ चैत्र २०८०, १७ : १६ मा प्रकाशित

पिपुल्स पावरको मूल्य बटमबाट ७३% बढ्यो, कर्नरिङ भएको त होइन ?

पछिल्लो समय बजार निकै नै कमजोर देखिन्छ। बजारका लगानीकर्ताले नीतिगत सुधार खोज्दै गर्दा बजार २२५० को विन्दु भन्दा माथि बढ्न सकेको छैन। धेरै लगानीकर्ताहरु 'पर्ख र हेर' को अवस्थामा छन् भने लगानी गरिसकेका लगानीकर्ताहरु पनि निराश देखिन्छन। किनेका कम्पनीका अधिकांश सेयरका मूल्य घटेका छन् भने लगानीकर्ताको अहिले थप लगानी गर्ने मनोबल कमजोर बन्न पुगेको छ। कारोबार रकम दैनिक २ -३ अर्बको वरिपरिमा हुने गरेको छ। 

बजार निरन्तर ओरालो लागेता पनि पिपुल्स पावरको मूल्य भने निरन्तर उकालो लागेको छ। कोशी प्रदेश, इलाम जिल्ला स्थित पुवा २ जलविद्युत आयोजना ४.९६ मे. व. बाट २०७९ मंसिर १२ देखि नियमित विद्युत उत्पादन तथा वितरण भईरहेको कम्पनी हो पिपुल्स। 

बटमबाट करिब ७३ प्रतिशत बढयो मूल्य  

यस जलविद्युत कम्पनीको मूल्य गएको हप्ता देखि निरन्तर बढिरहेको छ। प्राविधिक रूपमा हेर्ने भो भने पछिल्लो ८ कारोबार दिनमा यस कम्पनीमा अस्वोभाविक रुपमा भोल्युम बढेको देखिन्छ। कम्पनीको ८ दिन नै हरियो क्यानडल बन्न पुगेको छ। 

उता, नेप्से र जलविद्युत सूचक भने उरालो लागिरहेको छ। घट्दो बजारमा यस कम्पनीको मूल्य भने पछिल्लो बटम अर्थात फाल्गुन २० गतेको मूल्य २९९.३२ रुपैंयाबाट करिब ७३ प्रतिशत बढिसकेको देखिन्छ। कम्पनीको पछिल्लो अल टाइम हाई मूल्य ४२६ रुपैंया रहेकोमा अहिले त्यो पनि ब्रेक गर्दै, त्यो मूल्यबाट पनि २१.८८ प्रतिशत बढिसकेको छ। कम्पनीको पछिल्लो कारोबार मूल्य ५२० रुपैंया रहेको छ। 

कम्पनीको सामान्य मात्र प्रगति 

कम्पनीलाई  आधारभूत रुपमा हेर्दा औसत मात्र प्रगति देखिन्छ। कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा ४२ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएको देखिन्छ । गत वर्षको तुलनामा यो केबल ३.९६ प्रतिशतले बढेको हो । 

गत वर्षको पुस महिना सम्म यस कम्पनीले ४१ लाख १३ हजार रुपैयाँ नाफा कमाएको थियो । विद्युत बिक्रीबाट बढेको कारण आम्दानी १ करोड ४० लाखबाट बढेर २ करोड ९० लाख रुपैयाँ पुगेको देखिन्छ । 

कम्पनीको जगेडा कोष १ करोड ९६ लाख रुपैयाँले ऋणात्मक छ । प्रतिसेयर आम्दानी ४ रुपैयाँ ६९ पैसा देखिन्छ भने प्रतिसेयर नेटवर्थ भने ९७ रुपैयाँ ४७ पैसा छ । 

कम्पनीको प्रगतिको कारण कम्पनीको मूल्य बढेको देखिदैन। 

हकप्रद निकाल्दै कम्पनी 

यस कम्पनीले हाल कायम रहेको चुक्त पुँजीको १:०५ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने घोषणा २०८० मंसिर १७ गते गरेको थियो। आयोजनाको नियमित मर्मत संभार गर्न, भुक्तानी बाँकी हिसाब परफारक गर्न तथा नयाँ आयोजनामा लगानी गर्न साथै लगानीका स्रोतहरु पहिचान गर्दै रोजगारी संजना गर्न भन्दै हकप्रद जारी गर्न लागेको हो। 

विद्युत नियमन आयोगले पनि  पिपुल्स पावर लिमिटेडलाई हकप्रद निष्कासनको स्वीकृति प्रदान गरिसकेको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डमा भने हाल सम्म आवेदन दिएको छैन। 

कम्पनीको हालको चुक्ता पुँजी ६३ करोड २६ लाख रुपैयाँ रहेकोमा हकप्रद निष्कासन पछि चुक्तापुँजी एक अर्ब २६ करोड ५२ लाख रुपैयाँ पुग्नेछ ।

निकै अगाडी हकप्रद घोषणा गरेको कम्पनीको मूल्य हकप्रदका कारण पनि बढेको भन्ने आधार देखिदैन। 

महिना देखि निरन्तर केहि ब्रोकरबाट किनबेच !

यस कम्पनीको सेयर निरन्तर सेयर किनबेच केहि ब्रोकरको प्लेटफर्म मार्फत उल्लेखिए भएको देखिन्छ।  जसका कारण कम्पनीको मूल्य हाल ५२० रुपैंया पुगेको देखिए पनि त्यस ब्रोकरका WACC भने निकै कम देखिन्छ। जसका कारण पनि कम्पनीको सेयर कर्नरिङ भएको त होइन भनेर प्रश्न गर्ने ठाउँ रहन्छ । 

 इन्साइडर ट्रेडिङ भन्दा कर्नरिङ झन खतरनाक रहेको बुझिन्छ। 

यस्ता कर्नरिङ भएको सेयरमा लगानीकर्ता फस्ने सम्भावना धेरै हुन्छ।  कुनै कम्पनीको सेयर मूल्य बढाउन वा घटाउनका लागि व्यक्ति वा समूह मिलेर गरिने किनबेचलाई सेयर कर्नरिङ भनिन्छ। 

कर्नरिङ स्टकका सेयर वैज्ञानिक भन्दा फरक तरिका भन्दा फरक बढेको देखिन्छ।

कर्नरिङ अपराध हो : नेपाल धितोपत्र बोर्ड 

नेपाल धितोपत्र बोर्डले पनि कर्नरिङलाई अपराध मानेको छ। धितोपत्र बजार सम्बन्धी ऐन, २०६३ ले बजारलाई प्रभावित पार्न गतिविधि गरेमा कसुर मान्ने व्यवस्था गरेको छ ।

ऐनको दफा (९६) मा कसैले धितोपत्र कारोबारमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्न आफैले वा अरुसँग मिली देहायका कुनै काम गरेमा धितोपत्र बजारलाई प्रभावित गरेको मानिने उल्लेख गरिएको छ ।

यस दफाको (क) मा कसैलाई धितोपत्र किन्न वा बेच्न उत्साहित गराउने उद्देश्यले वा धितोपत्र खरिद वा बिक्री नगरोस् भन्ने उद्देश्यले कुनै कम्पनीले जारी गरेको धितोपत्रको बजार मूल्य बढाउने, 

(ख) मा कसैलाई धितोपत्र किन्न वा बेच्न उत्साहित गराउने उद्देश्यले वा धितोपत्र खरिद वा बिक्री नगरोस् भन्ने उद्देश्यले कुनै कम्पनीले जारी गरेको धितोपत्रको बजार मूल्य घटाउने,

 (ग) मा कसैलाई धितोपत्र किन्न वा बेच्न उत्साहित गराउने उद्देश्यले वा धितोपत्र खरिद वा बिक्री नगरोस् भन्ने उद्देश्यले कुनै कम्पनीले जारी गरेको धितोपत्रको बजार मूल्यलाई स्थिर बनाउने। 

धितोपत्र बोर्डले यो कसुर गर्नेलाई के सजाय तोकेको छ।सोहि ऐनको दफा १०१ मा दण्ड सजाय सम्बन्धी व्यवस्था उल्लेख छ । दण्ड सजाय सम्बन्धी दफा १०१ को उफदफा (२) मा दफा ९४, ९५ र ९६ बमोजिमको कुनै काम गर्नेलाई ५० हजार रुपैयाँदेखि एक लाख ५० हजार रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुनेछ । त्यस्तो काम कारबाहीबाट कसैलाई हानि नोक्सानी पर्न गएको रहेछ भने त्यस्तो हानि नोक्सानी समेत भराई दिनुपर्ने उल्लेख छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको